सानिमा लाईफको बिमा बन्यो दुर्गाको सहारा, सहकारीको ऋणबाट दिलायो उन्मुक्ति

भीमनदत्त नगरपालिका– १५ खैरभट्टी बस्दै आएकी दुर्गा दमाईका श्रीमान महेश दमाईले ऋणको भारी छाडेर गए । महेशको उच्च ज्वरोेका कारण २०७६ असोज १३ गते ३५ वर्षको उमेरमा दुःखान्त निधन भयो । त्यसपछि दुर्गालाई जीवन गुजरा गर्न समेत गाहे हुन थाल्यो । एक छोरी र दुई छोराकौ लालन पालन गर्न सकस पर्न थाल्यो । यो समस्या त छँदै थियो, सहकारीबाट लिएको ऋणको भारीले चिन्ता बढायो । उनका पति महेशले सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट २०७६ भाद्र १९ मा २ लाख ५० हजार कर्जा लिएका थिए, उक्त कर्जा लिदाँ सहकारीले ७५२ को म्यादी जिवन विमा गरेका थिए । महेश ऋण लिएको २५ दिनमै संसार छोडेपछि दुर्गालाई परिस्थिति अति जटिल बन्न पुग्यो । सहकारीको ऋण तिर्न नसकेरे आधा कट्टा जमिन बेच्ने सोच बनाएकी थिईन दुर्गाले ।

तथापि, सूर्योदय वहुउद्देश्यीय सहकारी संस्था र सानिमा लाईफ ईन्सोरेन्स कम्पनी लिमेटेडको सहकार्य तथा समन्वयमा सहकारीले नैे कर्जा लगानी गर्दा ऋणी दुर्गाका पति महेशका नामका गराईदिएको सानिमाको म्यादि विमा योजना अन्र्तगतको जीवन विमाले भने उनलाई समस्याबाट उन्मुक्ति मात्रै दिएन, उनलाई केही राहातको महसुश पनि गराउन सफल भएको छ । सूर्योदयको २ लाख ५० हजार कर्जा सानिमाले नै तिर्ने भएपछि उनको शोकलाई शक्ति पुगेको छ भने उनको गुम्नै लागेको जमिन पनि जोगीएको छ । सहकारीमा तिर्नुपर्ने १ लाख ८३ हजार रुपैया बाहेक बाँकी रकम दुर्गाकै खाता जम्मा हुने भएपछि भने,दुर्गाका रसाएका आँखामा अलिकति भएपनि हर्ष थपिएको छ । सूर्योदय वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ईश्वरी खरेलका अनुसार संस्थाले ऋण लगानी गर्दा नै ऋणीको नाममा वार्षिक ७५२ रुपैया फिर्ता नपाउने गरी लगानी सुरक्षाका खातिर विमा गराउने गर्दछ । विमा गरेको एक वर्षको अवधिभरमा कुनै अप्रिय घटना घटेमा विमा कम्पनीसँग मृत्यु विमा मागदावी गर्न सकिने कानूनी व्यवस्था छ ।


यसैबीच, शुक्रवार आयोजित मृत्यु विमा मागदावी भुक्तानी कार्यक्रममा सहकारीका अध्यक्षलाई मृतक महेशकी धर्मपत्नी दुर्गाकै उपस्थितिमा विमा वाफतको २ लाख ५० बराबरको चेक हस्तान्तरण गरिएको छ ।
चेक बुझ्दै सहकारीका अध्यक्ष खरेलले सानिमा लाईफ ईन्सोरेन्स सँगको सहकार्य र समन्वय आगामि दिनमा पनि निरन्तर रुपमा जारी रहने वताए । उनले विमा जीवनमा आईपर्ने यस्ता अनेकौं अप्रत्यासित दुर्घटनाबाट केही हदसम्म भएपनि राहत पाउने सुगम उपाय भएको वताए । सानिमालाई सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरे ।
यस्तै, कार्यक्रमका सभापति समेत रहेका सानिमा लाईफ ईन्सोरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले मृत्यु विमा दावी भुक्तानी गराउन कानुनी प्रक्रिया पुगाउनुपर्ने र चार महिना लामो लकडाउन भएका कारण केही ढिलाई भएको जानकारी दिए । ‘समय–समयमा विमाका विभिन्न योजना ल्याईरहन्छ, विमा जोखिम न्युनिकरणको माध्यम हो, विमा गराउदाँ फाईदा हुन्छ नै ।’ सानिमा प्रदेश प्रमुख उप्रेतीले भने ।

सानिमाले आफ्ना विमा अभिकर्ताहरु, विमा म्यानेजरहरुलाई गत आर्थिक वर्षमा गरेको कामको उच्च प्रशंसा गर्दै सम्मानको कार्यक्रम समेत गरेको थियो । महेन्द्रनगर शाखाका विमा एजेन्टहरु, सहकारी संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको सो कार्यक्रममा स्वागत मन्तव्य झलारी शाखाका शाखा पूमुख किशोर लेखकले दिएका थिए भने कार्यक्रम संचालन सानिमा लाईफ ईन्सोरेन्स महेन्द्रनगर शाखा प्रमुख रोसन भट्टले गरेका थिए । जीवन विमा गराएकै कारण दुर्गाको जीवनमा ठूलो मद्दत पुगेको छ । जोखिम न्युनिकरण गर्न सबैले बिमा गनुपर्ने उनको सुझाव रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds