पप्पु गुरुङ्ग, दोधारा
‘मुलुकको नीति नियम बनाउने नेता, सभासद देखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरु सम्म उनैको घर आँगनको छेउबाट दौडिन्छन् । तर बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न कसैले ध्यान दिएका छैनन् । बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका माहाकाली नगरपालिकाका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बीउनै बनाउने कुरा सोच्छन’
माहाकाली नगरपालिकाकी सपना बादी बिहान हुने बित्तिकै गाँउ बूतीमा माग्नको लागि तरखर सूरु हुन्छ् । माहाकाली नगरपालिकाको गाँउ, बस्तीमा पुग्दा नपुग्दै घाम चर्किसकेको हुन्छ । दिनभरी गाँउ बस्ती मागेर साँझ घर फर्किनुपर्छ । माहाकाली नपा – ६ बादी बस्तीको एक बादी महिला सपना बादीको दैनिकी यस्तै बन्दै गएको छ् । दिनभरी गाँउ बस्तीमा चाहारेर संकलन भएको अन्न पात लिएर अबेर राती मात्रै घर फर्किने गर्छन उनि । उमेरले २५ वर्षका सपना बादी माहाकाली नगरपालिकाको बिभिन्न वडा टोलमा माग्न नगए उनको घरमा आँगनको धुलोमा खेलेर बसेका छोराछोरीको मुखमा माँड लगाउन कठीन छ् । सपना बादी जस्तै अरु बादी महिलाहरु दुख उस्तै छ् ।
बस्तीमा मागेर गुजार नचलेपछि झण्डै ५ बादी घरपरिवार बिस्तापित भई भारतको बिभिन्न स्थानमा मजुरी गरि दिनचर्या बिताउदै आएका छन् । माहाकाली नगरपालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर सिजालीले ३ पटक राहत दिएको सपना बादी बताउछन् । तर राहत दिएर मात्रै समस्याको हल नभएको सपनाको भनाई छ् । रोजगारीको ब्यवस्था गरिदिएको भए जिवन सहज हुने उनि बताउछन् । सपनाको श्रीमान भारतको श्रीनगरमा ज्याला मजुरी गर्न गएको कोरोना भाईरसको कारण उतै फसेका छन् ।
२ सन्न्तानका आमा सपना गाँउ बस्तीमा माग्न जाँदा गाँउलेहरुले गाली गर्ने बताउछन् । बिहानै उठेर खानेकुरा बनाएपछि बालबालिकालाई ओछ्यानमै छाडेर सपना बादी कुम्ला कटेरो बोकेर माहाकालीको बस्तीमा माग्न पुग्छिन् । उनि भन्छिन, – ‘परिवारलाई मिठो मसिनो खुवाउन त मन छ नि, के गर्नु कर्म मै दुःख र अभाव लेखेको रै’छ । यी नानीहरुले धेरै दिन पेट भरी खान नपाएर बसेका छन् ।’ माहाकाली नगरपालिका कार्यालयको झण्डै २ किलो मिटर उत्तर, दक्षिण दिशा महाकाली नदीको छेउ एक सामुदायिक बनमा बादी बस्तीका प्राय जसो महिलाहरुको बेदना कसैले सुन्न तयार देखिदैन् । उनको छेउको घरमा बिद्युतको उज्यालो झलमल्ल हुन्छ, तर उनको घर टुकीमा जिवन बित्दै आएका छन् । उनिहरुको दैनिक एक छाक टार्न मुश्किल पर्ने यी महिलालाई पैसा कमाउला, बैंकमा जम्मा गरौला र स्थायी बसोबासको व्यवस्था गरौंला भन्ने छैन । आफ्नो पक्की घर बनाउने विषयमा के सोच्नु भएको छ, भन्ने प्रश्नको जवाफमा उनी भन्छन् – ‘बिहान साँझ खान नपुग्ने कमाईले के को घर वासको आश गर्नु ?’ मुलुकको नीति नियम बनाउने नेता, सभासद देखि त्यसको कार्यान्वयन गर्ने प्रशासकहरु सम्म उनैको घर आँगनको छेउबाट दौडिन्छन् । तर बादी महिलाको जिवन परिवर्तनको यात्रा तय गर्न कसैले ध्यान दिएका छैनन् ।
बादी बस्तीको पीडा घट्नु साटो झन् झन् बढ्दो छ् । देशकै सबै भन्दा पछाडि परेको र सबै भौतिक हक तथा सुविधाबाट वञ्चित भएका छन् बादी समुदाय । जनसंख्याका हिसाबले पनि सबै भन्दा सानो मध्यको समुदायको आनीबानी भने अरुको भन्दा पृथक् छ् । अभावै अभाव झेल्दै र सहदै आएका माहाकाली नगरपालिकाका बादी परिवार अहिलेको जस्तो मनपरीको अवस्थामा पनि कतै कसैको घर जग्गा कब्जा गर्नेका भीडमा मिसिन चाहदैनन् । न त उनीहरु आफनो पीडालाई आन्दोलन र विद्रोह बीउनै बनाउने कुरा सोच्छन् । अन्य स्थानमा बादी परिवार यौन पेशामा संलग्न भएको भएतापनि माहाकालीका बादी परिवार यो पेशाबाट टाढै बस्दै आएका छन् ।
कठोर जीवन, अभावले ग्रस्त । मान्छेले सहनै नसक्ने दुरावस्था झेलिरहेका भए पनि न सरकार, न त गैरसरकारी संघ संस्था कसैले पनि बादी समुदायको पीडा बुझ्न ध्यान दिएको देखिदैन् । नदी र खोला किनारमा बसोबास सुरु गरेको यस समुदायलाई साँझ–बिहानको छाक जुटाउन र एकसरो कपडा जुटाउन मुस्कील परेको अवस्थामा लकडाउनले उनिहरुलाई झनै पिडा थपेको छ् ।