जैविक तरकारी उत्पादनमा जोड

कञ्चनपुरका सरोकारवाला निकायले जैविक तरकारी उत्पादनमा जोडदिएका छन् । शुक्रबार महेन्द्रनगरमा निड्स नेपालले आईपिएमा आधारित तरकारी उत्पादन संकलन तथा बिक्रि केन्द्र संकलन निर्देशिका ०७७ माथि छलफल गर्दै सरोकारवाला निकायले जैविक अर्थात विना विषादीको तरकारी उत्पदनमा जोडदिएका हुन् । प्राङ्गारिक मलको प्रयोग गर्दै आफ्नै बारीमा तरकारी उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्नेमा सुझाव छ ।

कृषि ज्ञान केन्द्रका प्राविधिक जनक सिहले भारतबाट आउने तरकारीको कुनै गुणस्तरियता नहुने भएकाले प्राङगारिक मल प्रयोग गरेर तरकारी उत्पादनमा जोडदिए । महेन्द्रनगर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले किसानले उत्पादन गरेको तरकारी खेर जान नदिने बताउदै उत्पादनमा जोडदिए । होटल व्यवसायी जगदिशचन्द्र भट्टले किसानले उत्पादन गर्ने र व्यवसायीले खरिद गरेर बिक्रि वितरण गर्ने वातावरण सिर्जनामा जोडदिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले किसानका लागि आउने कार्यक्रम प्रभावकारी संचलनमा जोडदिदै उत्पादन गरिएको तरकारी बिक्रिको ग्यारेन्टी हुनुपर्ने बताए ।

निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले किसानले उत्पादन गरेर तरकारीको बजारीकरणका लागि कार्यबिधी बन्ने त्यसमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको औल्याए । ‘हामीले किसानलाई विषादीरहित जैविक तरकारी उत्पादन गर्न तालिम लिन्छौँ, ‘किसानले उत्पादन गरेको बस्तु खपत हुनुपर्छ ।’ निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्टले किसानलाई आत्मनिर्भर बनाउनका लागि समेत प्राङगारिक मल प्रयोग गरेर तरकारी उत्पादनमा जोडदिनुभयो । आईपिएमा आधारित तरकारी उत्पादन संकलन तथा बिक्रि केन्द्र संकलन निर्देशिका ०७७ तयारकर्ता अशोक पाण्डेयले स्थानीयको सुझाव सल्लाहलाई समेटिने बताए । स्वास्थ्यका लागि समेत जैविक तरकारी उपभोगमा जोडदिईएको छ,।

ताजा समाचार

This will close in 10 seconds