जिपको ठक्करबाट बाराकुण्डाका धामी लुहारको मृत्यु


कञ्चनपुर: कञ्चनपुरको लालपुरमा जिपको ठक्करबाट दुई युवकको ज्यान गएको छ । पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ लालपुरमा जिपको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी हेम बहादुर शाहीले से १च १४०५नम्बरको जिपको ठक्करबाट म२प ३५०६नम्बरको मोटरसाईकलमा सवार भीमदत्त नगरपालिका १बाराकुण्डामा ४२ बर्षिया दानसिह धामी र ४० बर्षिया राम लुहारको मृत्यु भएको बताए ।

प्रवक्ता शाहीका अनुसार जिपको ठक्करबाट गम्भिर घाईते भएका धामी र लुहारको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । शव अस्पतालमै राखिएको छ । जिप सहित चालक पुर्नवास ११का २२ बर्षिया शुनिल चौधरीलाई नियन्त्रणमा लिईएको छ । आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । व्यवसायिक कामका लागि महेन्द्रनगरदेखि बेदकोट जाने क्रममा धामी र लुहार जिपकै शिकार बनेर ठाँउको ठाँउ अस्थाएसगै दुवै परिबारमा बज्रपात मच्चिएको छ ।


ताजा समाचार

spot_img