माअ‍ोवादी केन्द्र बेदकोट ५को अध्यक्षमा नेपाली

कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका ५को वडाध्यक्षमा खेम नेपाली चयन भएका छन । बुधबार माओवादी केन्द्र बेदकोट ५को वडा सम्मेलनबाट अध्यक्षमा नेपाली चयन भएका हुन । उपाध्यक्ष मान बहादुर घर्ती मगर,सचिव ममता चौधरी, सह सचिव गोमती टमाटा र कोषाध्यक्षमा कलाबती चौधरी चयन भएका छन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द विकको प्रमुख आथित्यमा बेदकोट नगर इन्चार्ज गणेश विक, अध्यक्ष लाल परियार, अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष डिबी धामी(अरिबल) सहितका माओवादी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा माओवादी नेताहरुले नवनिर्वाचित वडा कमिटिलाई बधाई तथा शुभकामना दिदै जनपक्षीय काममा खटिन आब्हान गरेका छन ।

ताजा समाचार