कञ्चनपुर : आर्थिक सम्बृद्धिका लागि कञ्चनपुरमा अलपत्र परेका औद्योगिक विकास पूर्वाधारका योजना अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । शनिबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माण, आयात निर्यातका समस्या न्यूनिकरणका लागि कोसेली घर स्थापना सम्बन्धी अन्तरकृया कार्यक्रममा सरोकारवालाले आर्थिक सम्बृद्धिका लागि कञ्चनपुरमा अलपत्र परेका औद्योगिक विकास पूर्वाधारका योजना अघि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले जिल्लामा आर्थिक विकाससंग सम्बन्धीत केही योजना संचालनका विषयमा तीनै तहका जनप्रतिनिधी, सासद,मन्त्री एव प्रत्यक्ष सरोकारवालासंग छलफल गरेको बताए । ‘हामीले कञ्चनपुरको विकासका लागि वाणिज्य संघले उठान गर्दै आएका योजना सचालनका लागि हामीले स्थानीयदेखि प्रदेश केन्द्रका जनप्रतिनिधी, सरोकारवालासंग संयुक्त छलफल गर्दै उहाँहरुको धारणा बुझेका छौँ, ‘उनले भने, ‘सबै पक्षबाट सकारात्मक धारणा आएको छ ।’ कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले जिल्ला मात्रै नभई प्रदेश सिङ्गो देशको विकासका लागि दोधाराचाँदनीमा बन्ने भनिएको सुक्का बन्दरगाह निर्माण, दैजी छेला औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताए । ‘यि दुई योजनाले पश्चिमबाट देशको विकासको ढोका खुल्छ, ‘उनले भने, ‘दुवै योजना कार्यान्वयन नहुँदा हामी विकासबाट पछाडी धकेलिएका छौँ ।’
भारतको राजधानी दिल्लीसंग जोड्ने पश्चिमी नाका कञ्चनपुर नजिकको दुरी भएपनि सुक्खा बन्दरगाह नहुँदा बस्तु निर्यात आयातमा समेत समस्या भईरहेको अध्यक्ष जोशीले तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रममा सुप प्रदेश सरकारका निर्वतमान आर्थिक मालिलामन्त्री प्रकास बहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बीर बहादुर थापा(पातल), संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहितले यथाशिघ्रं दोधाराचाँदनीमा सुक्खा बन्दरगाह र दैजीमा छेला औद्योगिक क्षेत्रको योजना अघि बढाउनुपर्नेमा जोडदिएका छन । उनीहरुले उक्त योजना कार्यान्वयनका लागि आ–आफ्नो तहबाट पहल प्रयास भईरहेको जनाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुक्का बन्दरगाह निर्माण कार्यदेखि औद्योगिक क्षेत्र विकासको योजना अघि बढिरहेको बताए । सरकारले उक्त दुवै योजनालाई प्राथमिकतामा राखेर कामकाज अघि बढाएको बताएका छन । कञ्चनपुरका उद्योगी, व्यवसायीहरुले हरेक चुनावमा दल, तिनका उम्मेदवारले उक्त दुवै योजना आफ्नो चुनावी घोषणा पत्रमा राखेपनि चुनाव जितेपछि वास्ता नराख्ने प्रवृतिले योजनाले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन । आर्थिक बृद्धि विकासका लागि भाषण नभई बस्तु तथा सेवाको उत्पादन निर्यातमा जोडदिदै, त्यसतर्फ राजनीतिक दलले समेत ध्यान दिनुपर्नेमा बताएका छन ।