कञ्चनपुर : नेकपा एकीकृत समाजवादी पाटी बेदकोट नगरले संगठन विस्तारका लागि अभियान शुरु गरेको छ । साउन तेस्रो सातादेखि भाद्रा दोस्रो सातासम्म समाजवादीले नगरमा संगठन विस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको हो ।
नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष महेशराज जोशीले नगरमा २१ दिने संगठन सुदृढीकरण अभियान संचालन भएको बताए ।

उनका अनुसार बेदकोटका १०वटै वडाहरुमा अभियान संचालन हुनेछ । पुर्ण बैठकबाट थप तीन महिने अभियान संचालन हुनेछ ।अभियान अन्र्तरगत जनताका जनविकीका सवालका साथै पार्टीका नेताकार्यकर्तालाई जनताको काममा खटाईनेछ ।







