सशस्त्र प्रहरी र भन्सारलाई छलेर ल्याएका तस्करीका अवैध समान गुलरिया प्रहरीको फन्दामा

कञ्चनपुर : भारतसंग जोडिएको कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा सशस्त्र प्रहरी र कैलालीको खर्गौला, त्रिनगरमा भन्सार छ । कञ्चनपुरको गड्डाचौकी र बेलौरीमा पनि भन्सार छ । तर, सीमा क्षेत्रमा सशस्त्र प्रहरी र सुदूरपश्चिम प्रदेश कैलाली र कञ्चनपुरका दुई दुई स्थानमा भन्सार हुँदा समेत तस्कर समुहले अवैध समान सहजै कैलाली, कञ्चनपुरका विचगाँउ बस्तीमा पु¥याईरहेका छन । मुल सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरी र भन्सारलाई छलेर ल्याएका समान नेपाल प्रहरीले बरामद गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी बरिष्ठ नायब निरीक्षक राधाकृष्ण नाथको टोलीले कृष्णपुर नगरपालिका ५ गुलरिया गजरौला स्थित मछेली नदी क्षेत्रबाट अवैध समान बरामद गरेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले अवैध रुपमा चोरी तस्करी गरेर ल्याएका समान प्रहरीले बरामद गरेर भन्सार चलान गरेको बताए । चिनी, बिडी, यूरिया, १ लाख ५० हजारको समान गुलरिया प्रहरीले बरामद गरेको छ । भने जिल्ला प्रहरी र मातहतका कार्यालयबाट खटिएको प्रह्री टोलीले १लाख १५ हजार ३० रुपैयाको अवैध समान गरी जम्मा २ लाख, ६५ हजार ५३० रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । प्रहरीका अनुसार भारतबाट आएको उक्त अवैध समान बरामद गरेर भन्सार बुझाएको जनाएको छ । यसरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी भन्सार हुँदाहुँदै भारतबाट अवैध समान गाँउ बजारमा भित्रिने घटनाप्रति प्रहरीका अधिकारीले सशस्त्र प्रहरी र भन्सारकै मिलोमतोमा तस्करी हुने गरेको अनुमान गरेका छन ।

भन्सारकै बाटो भएर बजार आएको समान प्रहरीद्वारा बरामद भएर पुन भन्सार चलान भएका थुप्रै घटनाक्रमले प्रहरीले भन्सार र सशस्त्र प्रहरीप्रति गरेको अनुमानप्रति नागरिकलाई विश्वास समेत लाग्दै आएको छ । तर, सशस्त्र प्रहरी र भन्सारले तस्कर समुहसंग मिलोमतो नभएको दावि गर्दै आएका छन । गत आर्थिक बर्षमा कैलाली कञ्चनपुर भन्सारको राजस्व लक्ष्य अनुरुप संकलन भएको कारण पनि चोरी तस्करी तस्कर समुहसंग सीमा क्षेत्रमा खटिएका अधिकारीको मिलोमतो भएको दावि गरिएको छ ।

ताजा समाचार

spot_img