सुरेश भट्ट/ कञ्चनपुर : कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा नम्बर १ मा निर्माण हुन गइरहेको सुक्खा बन्दरगाहको अनुगमनको गरीएको छ । मंगलबार भारतीय राजदुतावासका सह सचिव प्रशान्त कुमार सोनी, इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र मोहन शाहि, दोधारा चादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु संगै स्थानिय तहका जनप्रतिनिधिले दोधारा चादनीमा निर्माण हुने सुक्खा बन्दरगाहको अनुगमन गरेका हुन ।
भारत र नेपाल सरकारबीच पश्चिमी सीमा नाकामा सुक्खा बन्दरगाह निर्माण गरी दुवै देशको एकीकृत भन्सार बनाउने र नेपाल भारत चीनसँगको व्यापारको त्रिदेशीय नाका बनाउने सहमति भइसकेको छ । सोहि सहमती अनुसार भारतले समेत अहिले गु?योजन बनाएर उसले पनि बाताबरण प्रभाव मुल्याकंनको लागि फाइल माथि पठाएको बाताबरण प्रभाव मुल्याकंनको स्वकृत भने अहिले सम्म पाएको छैन । वि.सं २०६४ सालमा दोधारा चादनीमा सुक्खा बन्दरगाह निर्माण गरीने प्रस्ताव अघि सारेपनि हाल सम्म भने गुरुयोजना कार्य सकीएर वाताबरण प्रभाव मुल्याकंनको कार्य भइरहेको इन्टरमोडल यातायात विकास समितिका निर्देशक हेमेन्द्र मोहन शाहिले बताउनु भएको छ ।
इ आइ ए को फाइल उद्योग बाणीज्य मन्त्रालयमा पुगेको छ र त्यसपछि वन तथा वाताबरण मन्त्रालयमा जाने इ आइ ए को रिपोर्ट आएपछि मात्रै ठेक्का सम्झौताको कार्य अगाडी बढ्ने इन्टरमोडल यातायात विकास समितिका निर्देशक शाहिले बताउनु भयो । “सुक्खा बन्दरगाहको गुरुयोजना अनुसार प्रस्तावित क्षेत्रमा करिब २८० बिघा क्षेत्रफलमा भन्सार, गोदाम, बैंक, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ लगायत संरचना निर्माण गरिनेछ।”
सरकारले यो आर्थिक वर्षको बजेटमा सुक्खा बन्दरगाह निर्माणको लागि १ अर्व १ कारोड बजेट समेत बीनीयोजन गरीसकेको र स्थानिय तहबाट हुने सहयोगका लागि दोधारा चादनी नगरपालिका तत्पर रहेको हुनाले आफुहरुले सुक्खा बन्दरगाह निर्माण कार्यको लागि समेत नगरपालिका बाट पहल गरी राखेको दोधारा चादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनु भएको छ । “दशकौ वर्षौ देखि सुक्खा बन्दरगाह निर्माण गरीने भने पनि हाल सम्म कुनै पनि कार्य नभएको र सरकारले समयमै यसको निर्माण गरीदिए आफुहरुले रोजगारी पाउने र रोजगारीको लागि विदेशीनु पर्ने बाध्यता नआउने स्थानिय बताउन्छन् ।”
सरकारले गरेको सहमती अनुसार समयमै सुक्खा बन्दरगाह निर्माण गरी पश्चिमी नाकालाइ ब्यपारको त्रिदेशिय नाका बनाउन सके यसले ब्यपार ब्यवासय मात्रै बढ्ने नभइ सुदुरपश्चिमको विकासमा समेत मद्दत पुग्ने देखिन्छ ।







