सिलाई सेन्टरकी संचालिका खैरो हिरोईन सहित दुई पक्राउ

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रण अभियान अन्र्तरगत लागु औषधका तस्कर, ओसारपोसारकर्ता, कारोबारी एव सेवनकर्तालाई नियन्त्रण गर्दै कानुनी कार्बाही अभियान निरन्तर जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिला एक पुरुषलाई लागु औषध कारोबारी गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।

कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका ४महेन्द्रंगरमा गल्ली नम्बर ५मा रोशनी सिलाई सेन्टरकी संचालिका समेत रहेकी भीनपा १८की सन्तोषी चौधरी र भीनपा २का लोकेश शाहलाई पक्राउ गरेको छ । बरिष्ठ नायब प्रहरी निरीक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले शाह र चौधरीलाई पक्राउ गरेको हो । शाहको साथबाट ०.८१ग्राम खैरो हिरोईन र ०.५४ग्राम चरेश बरामद गरिएको छ । चौधरीको साथबाट ०.२०ग्राम खैरो हिरोईन बरामद गरेको छ ।

सिलाई सेन्टरकी संचालिका चौधरी र शाहमाथि थप अनुसन्धान भईरहेको कञ्चनपुरका प्रहरी चक्र बहादुर शाहले बताए । कञ्चनपुर प्रहरीले अहिले समाजका लागि हानिकारक तत्व लागु औषध नियन्त्रण अभियान तिव्र पारेसंगै नागरिकले समेत प्रहरीको उक्त प्रयास सकारात्मक भएको भन्दै प्रसंसा गरिरहेका छन ।

ताजा समाचार

spot_img