कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथ डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्रको सह आयोजनामा सहकारीका सदस्यहरुलाई डिजिटल प्रविधिवाट प्राविधक ज्ञान बिषयमा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कञ्चनपुर जिल्ला भरी कार्यक्षेत्र रहेको श्री निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले विगत लामो समय देखि विउ उत्पादन गरि रहेको र बिज वृद्धि कार्यक्रम संचालनमा ल्याईरहदा भीमदत्त नगरपालिका अन्र्तगत वडा कार्यालयहरु संगको सहकार्यमा सबै कृषक सदस्यहरुलाई डिजिटल माध्यम बाट कृषि र पशु उद्यममा पर्ने प्राविधक ज्ञान, बजार मुल्य तथा कृषि विमाका लागि सहजता ल्याउन डिजिटल प्रविधिमा जोडन लागेको कुरा संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको छ ।

डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्रका प्रतिनिध आयुश भट्टराई द्धारा संचालन भएको तालिममा सहकारीका पदाधिकारी अगुवा कृषक सदस्यहरुको उल्लेखनिय सभागिता रहेको अभिमुखिकरण तालिम बाट कृषि क्षेत्रमा डिजिटल प्रविधिवाट घरमै बसी प्राविधक ज्ञान तथा परामर्श लिन सकिन भएकोले कृषकहरुको आकर्षण बढने कुरा सहभागिहरुले बताएका छन् । जिओ कृषि एप्स डाउनलोड गरी आफ्नो कृषि योग्य जमिनको डिजिडल नक्सा रेखांकन गरि उक्त खेतमा आवश्यक मलको मात्रा, कृषि कार्यको तालिमका रोग र किराको उपचार पद्धति लगायत कार्यमा कृषक सदस्यहरुलाई सहज र सरल हुने भएकोले अब प्रत्येक कृषकले डिजिटलमा जान आवश्यकता भएको कुरामा सहकारी प्रतिवद्ध रहेको कुरा संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकले बताउनु भएको छ ।







