सन नेपालका अभिकर्तालाई अभिमुखिकरण

कञ्चनपुर: सन नेपाल कञ्चनपुरका अभिकर्तालाई अभिकर्तालाई अभिमुखिकरण गराईएको छ । शुक्रबार सन नेपाल कञ्चनपुरका अभिकर्ताहरुलाई बिना सम्बन्धी अभिमुखीकरण गराएको हो । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा कञ्चनपुरका अभिकर्ता सहभागि रहेका थिए ।
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्कर भट्टले जिवन बिमा बारे अभिकर्ताहरुलाई थप पुर्नताजिकीकरण गराउँदै सम्मान गरिएको बताए । सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकुत राजु कुमार अर्याल, धनगढी शाखा प्रमुख लक्ष्मीकान्त जैसीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्ने बचन दिएका छन ।

ताजा समाचार