कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का वडाध्यक्ष जगत बहादुर सिहको पहलमा टोली खोलामा पुल बन्ने भएको छ । वडाध्यक्ष सिहको पहलमा शुक्लाफाँटा नगरपालिका ७ जुडा पिताम्बर जोड्ने टोटखोलामा पुल बन्ने भएको हो । वडाध्यक्ष सिहले आफुले ०७४ सालमा निर्वाचनका बेला जनतासंग गरेको बाचा अनुरुप आफ्नै व्यक्तिगत एकल पहलमा प्रदेश सरकारले जुडा पिताम्बर जोड्ने टोटखोलामा पुल योजना दिएको बताए ।

‘यो मेरो व्यक्तिगत एकल पहल हो, ‘वडाध्यक्ष सिहले भने, ‘पूर्वाधार विकास कार्यालयबाट प्रदेश सरकारले योजना दिएको छ ।’ झण्र्डै ३करोड ४२लाख लागतमा निर्माण हुने पुलको पुर्वाधार विकास कार्यालय कञ्चनपुरले २४चैत्रमा टेण्डर निकालेको छ । वडाध्यक्ष सिहको पहलमा भएको पुल निर्माणबाट दुई गाँउ सहित हजारौँ जनता लाभान्वित हुने भएका छन । उक्त योजना हालेको भन्दै सिहका सहकर्मी, जनता शुभचिन्तक हर्षित भएका छन ।

