थापाले ७० वर्ष माथीका वृद्धवृद्धाहरुलाई ५० प्रतिशत भाडामा छुट दिने

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका ५ मा बस्ने सुरेश थापाले आफनो सवारी साधनमा ७० वर्ष माथीका वृद्धवृद्धाहरुलाई ५० प्रतिशत भाडामा छुट दिने भएका छन् । उग्रतारा यातायात द्वारा संचालित गाडी नम्वर बा २ ख १४३६ (संकल्प) डडेल्धुरा देखी अत्तरिया सम्म अहिले सेवा दिई रहेको र यही बैशाख १ गतेदेखी ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत भाडामा सम्मान स्वरुप आफुले व्यक्तिगत सहयोग गरेको चालक तथा सवारीसाधनका संचालक थापाले बताए ।

आफुले उक्त विषयमा उग्रतारा यातायातको समितीमा पनि जानकारी गराएर नै उक्त कार्यको थालनी गरेको उनले बताए । अहिले वृद्धवृद्धाहरुलाई समाजमा धेरै पिडा रहेको छ सबैले सम्मान गर्दैनन, र फेरी उहाँहरु संग प्रयाप्त मात्रामा पैसा नहुने भएकाले र आफुले पनि समाजिक दायित्व पुरा गर्नु पर्छ भन्ने धारणाले उहाँहरुको सम्मानमा उक्त कार्य गरेको थापाले बताए ।

उक्त सेवा लिनको लागि नागरिकता वा सोको फोटो कपि अनिबार्य देखाउनु पर्ने नियम रहेको छ । थापा सामाजिक कार्यमा पनि सक्रिय भएर लागेका छन् विगतका दिनमा उनले सामाजिक क्षेत्रमा थुप्रै कार्य गरेका छन् चालक थापालाई पहाडी रुटमा कुशलता पुर्वक सवारी साधन चलाएको भन्दै उत्कृष्ट चालकको रुपमा सम्मान पनि गरिएको थियो ।

ताजा समाचार