कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भीनपा–१५, कालिकाटोलमा वडा कमिटीको कार्यालय गठन भएको छ । यहि बैशाख ३० गते हुने आम निर्वाचनलाई मध्य नजर गर्दै कार्यालय स्थापना गरेको हो ।

यात्रा समृद्धिको, लक्ष्य समाजवादको भन्ने मुलनाराका साथ स्थापना भएको कार्यालयले स्थानियका दुःख, समस्या सुन्नुको साथै त्यसको समाधानको लागि पनि पहल गर्ने उद्देश्य रहेको छ । कार्यकता भेटघाट साथै प्रचार प्रसार हुने उद्देश्यका साथ स्थापना गरेको कार्यालय वैशाख ३० गते हुने स्थानिय चुनाव र त्यस पछि हुने संसदिय चुनाव सम्मक कार्यालय रहने एकीकृत समाजवादी पार्टीका वडा अध्यक्ष अमित नेगीले बताए ।

सबै मिलि नेकपा एकीकृत समाजवादीलाई बलियो बनाई स्थानिय र संसदिय चुनावमा विजयी गराए मात्र यस पार्टिले जनताको सेवा गर्ने वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामीले बताए । उनले भने ‘भीनपा १५ को यस वडा कार्यालयले यहाँको स्थानियको मन जित्दै सबै भन्दा बलियो पार्टि भएर आउने आफुलाई विश्वास रहेको बताए ।’

शनिबार भएको वडा कमिटीका कार्यालय उद्दघाटन कार्यक्रममा (एकीकृत समाजवार्दी) पार्टीका वडा अध्यक्ष अमित नेगी को सभापतित्व रहेका थिये, प्रमुख अतिथी डा. कविन्द्र चन्द रहेका थिये स्वागत मन्त्वय प्रकास कलौनीले गरेका थिए भने त्यसैगरी कार्यक्रम सञ्चालन प्रेम बहादुर सिहले गरेका थिए ।
