एकल महिलाको आर्थिक अबस्थामा सुधार ल्याउन एकल महिलालाई बाख्रा वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ३ का एकल महिलाको आर्थिक अबस्थामा सुधार ल्याउनका आज लागि बाख्रा वितरण गरिएको छ । एकल महिला लक्षित कार्यक्रम अन्र्तगत रु एक लाख बजेटमा दश जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो । वडाका अति विपन्न एकल महिलाको छनौट गरी बाख्रा वितरण गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो ।“एकल महिलालाई वितरण बाख्रा वितरण गरी आर्थिक रुपमा सवल बनाउने लक्ष्य लिएका छा”ैं वडा अध्यक्ष चौधरीले भन्नु भयो, “यस कार्यक्रम अन्र्तगत बाख्रा पाएका महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम संगै आत्म निर्भरता तर्फ उन्मुख गराउनका लागि अन्य कार्यक्रम सञ्चालन गर्छौ ।”

बाख्रा वितरण कार्यक्रममा मन्तव्य राख्नु हुदै नगर प्रमुख दिल बहादुर ऐरले सिंहदरवारको अधिकार गाउँमा आएको चर्चा गर्दै विगतमा कार्यक्रम केन्द्रमुखि हुने गरेको बताउनु भयो । उहाँले हाल वडा वडा र गाउँ गाउँमा लक्षित वर्गले अधिकार संगै आर्थिक उपार्जनका कार्यक्रममा आवद्ध हुन पाएको बताउनु भयो । “बाख्रापालन गरेर रोजगारी सृजना हुन्छ” उहाँले भन्नु भयो, “यसलाई जीवन निर्वाह मुखि नवनाई रोजगारीमुलक बनाउनु पर्ने हुन्छ ।”

ताजा समाचार