माओवादीलाई चुनाव जिताउन भीमदत्त १४का युवा एकजुट हुँदै

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरको नेतृत्व माओवादीलाई दिलाउनका लागि भीमदत्त नगरका युवाहरु एकजुट भईरहेका छन । यस अघि भीमदत्त नगरको नेतृत्व राप्रपा, काँग्रेस, एमाले सहितका पार्टीले लिईसकेको र अब माओवादीलाई दिलाउनका लागि भीमदत्त नगरका युवाहरु वाईसियलमा प्रवेस गरिरहेका छन ।

वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापा मगरले भीमदत्त नगरको नेतृत्व माओवादीलाई दिलाउनका लागि १९वटै वडाहरुमा धमाधाम युवाहरु माओवादीको भातृ संगठन वाईसियलमा प्रवेस गरिरहेको बताए । ‘विभिन्न दल परित्याग गर्दै वाईसियलमा प्रवेस गर्ने युवाहरुको लर्को लागेको छ, ‘उनले भने, ‘यस पटक भन्दै छन, सबै युवा सबै दललाई भीमदत्त नगरमा हेरिसके, अब यस पटक माओवादीलाई हेनुपर्छ ।’ उनका अनुसार भीमदत्त नगरपालिका १४मा पनि युवाहरु संगठित भएका छन ।

वाईसियल १४का संयोजक राजेन्द्र खातीको अध्यक्षमाता जनक नेगी, रमेश नेगी, रोशन विष्ट, प्रकास विष्ट, पुष्कर विष्ट, जिवन विष्ट, किशन नेगी, लक्ष्मण ऐर सन्तोष नेगी सहितका युवाहरु वाईसियलमा संगठित भएका छन । कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र कञ्चनपुर ३(ख) प्रदेशका इन्जार्ज कृष्णदत्त जोशीले माओवादीलाई एक पटक भीमदत्त नगरको जिम्मेबारी दिन युवाहरुलाई आग्रह गरेका छन । उनले माओवादीकै नेतृत्वमा आएको संघीयता भएकाले भीमदत्त नगरमा माओवादीलाई जिम्मेबारी दिदा थप सहयोग पुग्ने बताए ।

ताजा समाचार