नेपाल बाङ्गलादेश बैकं (कलकत्ता) शाखाद्धारा वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम

रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाको बेलौरी नगरपालिका-८ मा अवस्थित नेपाल बाङ्गलादेश बैकं लि. (कलकत्ता) शाखाले वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । विहिवार बेलौरी-८ कलकत्तामा बैकंले सरोकारवाला तथा आम नागरिकलाई वित्तिय साक्षरता अभिवृद्धि होस भन्ने उद्देश्यका कार्यक्रम गरीएको हो । नेपाल राष्ट्र बैकंले यहि चैत्र ७ देखि १३ गते सम्मलाई “ग्लोवल मनी सप्ताहा” २०२२ मा वित्तिय साक्षरता कार्यक्रम चलाउन आव्हान गरे अनुरुप बैकंले आम नागरिकलाई वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम २०७८ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको नेपाल बाङ्गलादेश बैकं कलकत्ता शाखाका म्यानेजर पंकज भट्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

उहाँका अनुसार वित्तिय साक्षरता, बचत र कर्जा, रेमिटेन्स, सेयर बजार, विद्युतिय ठगी, लघु उद्यम र व्यवसाय सम्बन्धि सरोकारवाला तथा सर्वसाधारण वर्गमा सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रमका प्रमुख वक्ता बैकंका म्यानेजर भट्टले कार्यक्रममा सहभागिलाई जानकारी गराएका थिए । म्यानेजर भट्टले भने ‘ पछिल्लो समयमा बैकं सम्बन्धि विभिन्न प्रविधिको विस्तार भएकाले पनी आम नागरिकमा सचेतना फैलाउन आवश्यक रहेको बताउदै यस्ता कार्यक्रमले वित्तिय अभिवृद्धिमा महत्वपुर्ण भुमिका रहेने बताए ।’ सो कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी, किसान वर्ग, सुरक्षाकर्मी, व्यापारी तथा सर्वसाधरण वर्ग गरी करिब १ सय पचाँस जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमबाट आफुहरुलाई पछिल्लो समयको बैकिङ्क कारोवार तथा अन्य सुविधाका बारेमा जानकारी हासिल भएको साथै कार्यक्रम निकै प्रभावकारी ढंकबाट सम्पन्न भएको सहभागि कविता रानाले बताईन । यस अघि पनी नेपाल बाङ्गलादेश बैकंले सामाजिक उत्तरदायित्व अन्तरगत जनज्योतिम मा.वि.का विद्यार्थीहरुलाई अध्यापन समाग्री वितरण गरेको थियो । बैकिङ्क कारोवार सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने म्यानेजर भट्टले बताउनु भयो ।

ताजा समाचार