भारतबाट भन्सार छली ल्याएको अबैध सर–समान बरामद

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतमा रहेका ईप्रकाले भारतबाट भन्सार छली ल्याएको तिन लाख पैचालिस हजार चार सय बराबरको अबैध सर–समान बरामद गरको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतमा रहेका, ई.प्र.का. दोधारा, त्रिभुवनबस्ती, बेलडाडी र गुलरियाबाट खटिएको प्रहरी टोलीले बिभिन्न वडामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मो.सा.का पाटपुर्जा, साडी, सुट, पितल, तामो, र सामान बोक्न प्रयोग गरिएको एक मो.सा.लगायत बिभिन्न सर–समान बरामद गरको छ ।

 

अन्दाजी मुल्य रु ३ लाख ४५ हजार ४ सय बराबरका विभिन्न सर–समान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी कञ्चनपुर भन्सार कार्यालयमा पठाईएको जिल्ल प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।।

ताजा समाचार

spot_img