जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ

काठमाडौं : उदयपुर, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि जबरजस्ती करणी गरेका थिए ।

त्यसैगरी ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–११ बस्ने २९ वर्षीय यौवन ताम्राकारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ताम्राकारले सोही ठाउँस्थित घुन्सा डाँडामा लगि २०७७ चैत ११ गते जबरजस्ती करणी गरेको उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

दुवै अभियुक्तलाई प्रकाउ गरी अनुसन्धान भई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ताजा समाचार

spot_img